Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको उपनेतामा शाह, मुख्य सचेतक थापा र सचेतक राई



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकाे उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार शाहलाई उपनेता बनाएका हुन् ।

शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।

‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गर्नु भएको छ,’ दलको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १३:१७   :  बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।