Logo

प्रमुख समाचार

मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? क-कसको जागिर परो धरापमा ?



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन्त्रिमण्डलमा परिवर्तन र हेरफेरमा समेत सहमति बनाएको बुझिएको छ ।

मन्त्रिमण्डलमा व्यापक परिवर्तन गर्ने सहमति भएपनि कस्लाई के जिम्मेवारी दिने टुंगो लगाइनसकिएको अध्यक्ष प्रचण्ड निकट स्रोतले जनाएको छ । नेकपाको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि लगत्तै मा जिम्मेवारी हेरफेर र परिवर्तन हुने भएको हो ।

ओली र प्रचण्डबीचको छलफलमा सरकारको कामकारबाही र मन्त्रिहरुको कार्यशैलीको समेत समिक्षा भएको छ । सरकारलाई प्रभावकारी बनाउन मन्त्रिहरुको परिवर्तन र जिम्मेवारी हेरफेर आवश्यक रहेको निष्कर्षमा ओली र प्रचण्ड दुवै पुगेका छन् । विश्वस्त स्रोतका अनुसार ओली सरकारमा जिम्मेवारीको व्यापक हेरफेर गर्न चाहन्छन् । उनले त्यसको संकेत पछिल्लो मन्त्रिपरिषद् बैठकबाट दिइसकेका छन् ।

यसपटक सरकारका अधिकांश मन्त्रिहरुको पद धरापमा परेको छ । तरकारीको विषादी परीक्षणको विषयले कृषिमन्त्री चक्रपाणि खनाल र आपूर्ति, वाणिज्य तथा उद्दोगमन्त्री मातृका यादवको कार्यशैलीमा प्रश्न उठाइएको छ । अबको परिवर्तनमा दुवै मन्त्री तारोमा पर्न सक्छन् । वनमन्त्री शक्ति बस्नेत अघिल्लो मन्त्रिपरिषद् बैठकमा सहभागी समेत भएनन् । उनको पद पनि धरापमा परेको छ ।

विश्वस्त स्रोतका अनुसार सञ्चारमन्त्री गोकुल बाँस्कोटा सरकारमै रहिरहने भाग्यमानी मन्त्रीमा पर्छन् । उनलाई अर्को मन्त्रालयको जिम्मेवारी दिनेबारे समेत ओलीले आन्तरिक छलफल चलाएका छन् । गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउन प्रचण्ड पक्षका केही नेताहरु सक्रिय छन् । तर, थापालाई ओलीको साथ रहेकाले हटाउन मुश्किल पर्छ ।

ओली सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितप्रति पनि सकारात्मक छैनन् । पण्डितले बढी हल्ला मच्चाएको तर काम गर्न नसकेको आरोप भोग्दै आएका छन् । भूमिसम्बन्धि विधयेक ल्याउँदा विवादमा परकी भूमिसुधारमन्त्री पद्मा अर्यालको पद पनि धरापमा छ । भौतिकमन्त्री रघुवीर महासेठलाई पनि सजिलो छैन । अर्थमन्त्री डा।युवराज खतिवडा पनि हेरफेर वा परिवर्तनमा पर्न सक्छन् ।

ऊर्जा मन्त्री वर्षमान पुन अन्य मन्त्रालय पाउन इच्छुक छन् । उनलाई पनि सरकारमा जान नदिने चलखेल भइरहेको छ खानेपानीमन्त्री विना मगर पनि विवादमा मुछिइन् । उनको कार्यकालमा मेलम्ची खानेपानीको पुनः ठेक्का आव्हान गरिएको छ । विना मगरलाई प्रचण्ड स्वयंले काँध थाप्न कठिन छ ।

गाकर्ण बिष्टले पनि पदबाट हट्नुपर्ने हुनसक्छ । मलेशिया कामदार लान प्रगति गर्न नसकेपछि बिष्ट विवादमा पर्दै गएका छन् । खानेपानी मन्त्री विना मगर पनि सरकारबाट हटाइन सक्छिन् । प्रदीपकुमार सरकारमै रहने भाग्यमानीमा पर्दछन् । परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उनी ओलीका खास विश्वासपात्र हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १३:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।