Logo

समाचार

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘मान्छेका कथाहरू’ लोकार्पण हुदै



संसदको प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘मान्छेका कथाहरू’ बजारमा आएको छ ।

शमी साहित्य प्रतिष्ठानले आगामी साउन ११ गते शनिबार काठमाडौंको बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा आयोजना गरि लोकार्पण गर्ने समारोहमा नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मान्छेका कथाहरू’ लोकार्पण गर्ने भएका छन् ।

साहित्य, शिक्षा र दर्शन, सामाजिक उत्थान र प्रवर्द्धन भन्ने नाराका साथ आयोजना गरिने कार्यक्रममा १ सय ४६ पृष्ठको पुस्तक लोकार्पण गरिनेछ । कथा संग्रहमा नेपाल, चीन, अमेरिकासहित आफुले घुमेको विभिन्न ठाउँ र त्यहाँ भेटेका पात्रहरूलाई समेत उतारेका छन् ।

‘निकै अघि लेखेका कथाहरूलाई अहिले संग्रहका रुपमा प्रकाशित गरेको हुँ,’ घिमिरेले अनलाइनपाना डटकमसंग भने, ‘सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षका विविध आयामहरुलाई पुस्तकमा समेटिएको छ।’

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार १३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।