Logo

समाचार

टाटा मोटर्स कार्निभलको शुभारम्भ



टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिइ यहि २०१९ अगस्ट १ विहान ११ बजे देखि बेलुका ७ बजे सम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा आयोजना सुरु गरेको छ ।

नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालकालागि टाटा मोटर्स को एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि हो । यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसको छैठौ संसकरण सम्म आयोजना गरिसकेको छ ।

टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने एक्स्पोबाट टाटा मोटर्स ले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ । बिशेष गरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडि हेर्न र किन्नका लागि यो कार्यक्रमको बिशेष प्रतिक्षा रहन्छ, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भइ लाभ लिन्छन् ।

यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । उक्त कार्यक्रममा धेरै कुराहरुको लाभ लिन सकिने समेत आयोजक ले बताएको छ ।

यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताउनु भयो । यो कार्यक्रम मार्फत १५०० देखि २००० ग्राहक आगमनको अपेक्षा रहेको उहाँले बताउनु भयो ।

यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दाआकर्ष छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रा.लिका सि.इ.ओ राजनबाबु श्रेष्ठ बताउनु हुन्छ ।

लक्की ड्रबाट बुकिङ्गगर्दाको अफरहरु निम्नछन् :–

– एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण – एप्पलको सेट – ३ लाखसम्मको नगद छुट

– १ लाखसम्मको लोएल्टी बोनश

– एक वर्षसम्मको लागि रोड टयाक्समा छुट

– डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण

– बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार,

– परिक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन ।

– पूरानो सवारी मूल्यांकनमाएक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास,

– प्रत्येक टेष्ट ड्राईभमा २जनालाई फिल्मको टिकट

– प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु

टाटा मोटर्सका बारे

टाटा मोटर्स (वार्षिक) ४४ अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनीहो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामाप्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइलकम्पनीहो र ११०अर्व डलरको कारोवार रहेको छ टाटा गु्रपको १३४ सहायककम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापितज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्र्तगतउत्पादन हुन्छ ।

अनियसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ । कम्पनीको भारतमा फियाटसँग संयुक्तऔद्योगिक भेन्चर– लगानीपनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीयवजारमा नेतृत्वदायीभूमिकामा छ ।

ब्राण्डको मुलमन्त्र नै ऋयललभअतष्लन ब्कउष्चबतष्यलक रहेको यस कम्पनीले आफ्नाकार्यहरु ग्राहक र बजारको मागमा केन्द्रित रहि नौलो र दिगो प्रविधी को विकास गर्दै आएको छ । पेसेञ्जर गाडीको विक्रीमापनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् ।

कम्पनीले दिगो र उपयुक्तखालको अटोमोवाइलप्रविधिको आविष्कारमा ध्यानदिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् ।

अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा बिक्री वितरण भइरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार १४:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।