Logo

शेयर बजार

सेयर बजारमा गिरावट कायमै



सेयर करोबारको लागि यो साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट देखिएको छ । लामो समयदेखि गिरावट आएको बजारमा यो साताका पनि सुखद भने रहेन । साउन १ गते यता देखिएको पुँजीगत लाभकर गणना विवादले बजारको सुधार हुन नसकेको लगानीकर्ताको भनाई छ ।

नेप्से मापन गर्ने सूचक ९.९२ अंकले घटेर १२३८.५६ बिन्दुमा रोकिएको छ । १६६ कम्पनीको १८ लाख ७७ हजार ५४२ कित्ता सेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ समूहको कारोबारमा बैंकिङ समूहको ५.५४, होटल २०.८३, जलविद्युत ३१.३५, निर्जीबन बीमा ७५.४३, जीवन बीमा समूहको उपसूचक २६.५५ अंकले द्धटेको छहोटल २०.८३, जलविद्युत ३१.३५, निर्जीबन बीमा ७५.४३, जीवन बीमा समूहको उपसूचक २६.५५ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा रसुवागढी हाईड्रोपावर अग्रस्थानमा रहेको छ । रसुवाको ९ करोड ७६ लाख ९९ हजार १८१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सान्जेन जलविद्युत कम्पनी र नेपाल बैंक रहेका छन् ।

कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्डका लगानीकर्ताले कमाएका छन भने रसुवागडी हाईड्रोपावर कम्पनी, सान्जेन जलविद्युत कम्पनी, स्वरोजगार लघुवित्त वित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार ११:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।