शनिबार काठमाडौंको बागबजारबाट गिरफ्तार गरिएका पत्रकार तथा लेखक खेमराज थपलियालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाएको छ ।
बागबजारबाट दिउँसो कार्यालयबाट गिरफ्तार उनलाई सरकारले राज्य विरोधी गतिविधि गर्दै आइरहेको भनी निगरानीपछि गिरफ्तार गरिएको दाबी गर्दै प्रमाणित हुन नसकेपछि यो मुद्दामा पुगेको हो ।
उनलाई काठमाडौं जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । पत्रकार थपलियालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टेकु हिरासतमा राखिएको छ । यसअघि दुईपटक गिरफ्तार परी छुटेका उनलाई यो तेस्रोपटक गिरफ्तार गरिएको हो ।
लेखक थपलिया नाटककार समेत हुन् । उनले इच्छुक र दाना नाटक लेखेका छन् । साथै खोर र माक्र्सवादी समालोचना तथा संघर्ष लगायत थुप्रै पुस्तक लेखिसकेका छन् ।
जलजला मासिकका सम्पादक समेत रहिसकेका पत्रकार लेखक तथा पत्रकार थपलिया अन्तर्रा पत्रकार महासंघ (आईएफजे)का सदस्य समेत हुन् । उनको गिरफ्तारीप्रति लेखक, पत्रकार, बुद्धिजीवि, साहित्यकार, सँस्कृतिकर्मीलगायतले घोरनिन्दा र भत्सर्ना गर्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । उनी जनसँस्कृतिकर्मी समेत हुन् ।
पत्रकार, लेखक, साहित्यकारमाथि दमन र धरपकड शुरु गरेपछि सरकारको कडा आलोचना जारी छ । सरकार फासीवादी बन्दै गएको र यसले राजनीतिक दुर्घटना निम्त्याउने भन्दै यस्ता हर्कत तत्काल बन्द गर्न जनसाँस्कृतिक महासंघका सचिव समेत रहेका पत्रकार तथा समालोचक अशोक सुवेदीले चेतावनी दिएका छन् । थपलिया हाल जनसाँस्कृतिक महासंघका महासचिब छन् ।





















प्रतिक्रिया