Logo

कर्पोरेट फोकस

कोरोनाको मारमा तरकारी किसानः बजार नपाएपछि लगानी उठाउनै मुस्किल



एक त किसानले हरेका वर्ष उत्पादनको उचीत मूल्य नपाएको गुनासो गर्दै आएका छन् । हुनपनि नेपाली उत्पादनले भन्दा बाहिरी उत्पादनले बजार भरीएको  हामी आफैले देखेका छौ । झ्न यो माहमारी र लकडाउनको समयमा त किसानहरुलाई उत्पादन गरेको खाद्य वस्तु वा तरकारी बजारमा पुर्याउन निकै नै कठिन भएको छ । त्यसको पछिल्लो उदाहरण हो बाँके । यतिबेला बाँकेका किसानहरु तरकारीले बजार नपाएको गुनासो गर्दै आएका छन् । कोरोनाको जोखिमल उत्पादन भएको तरकारीले सहज बजार नपाउँदा किसानहरु मर्कामा परेका हुन्। 

बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन् । “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपालिका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउँदा लगानी पनि उठाउन सकिने अवस्था छैन”, कोहलपुरका किसान लक्ष्य खड्काले भने। 

अहिले बसन्ते तरकारी उत्पादनको समय हो । यो सिजनमा बाँकेमा एक हजार ७५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो सिजनमा बाँकेमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, काँक्रा, सागलगायतको तरकारी उत्पादन हुने गर्दछ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । पटकपटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।
 
नेपालगञ्ज आसपासको तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि नेपालगञ्जदेखि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको तरकारी बजार पठाउन किसानहरुलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द हुँदा समस्या भएको छ । निषेधाज्ञामा किसानहरुसँग आवातजावतको ‘पास’ नुहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँग पहल भइरहेको प्रमुख ढकालले बताए । 
 
निषेधाज्ञाका कारण बाँकेमा उत्पादन भएको तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, किसानहरुले बिषादी तथा मलसमेत सहज तथा सुलभ तरिकाले पाएका छैनन् भने खेतीबारीमा काम गर्न आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ । 
अहिले कोरोनाले समस्या पारेको भनिएपनि किसानका समस्या हरेका वर्ष यथावत् नै रहँदै आएका छन् । कहिले बजारमा उचित मूल्य नपाईने त कहिले बजारसम्म लैजाने बातावरण नै नमिल्ने । 

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार ११:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।