Logo

शेयर बजार

आजपनि टिएमएस प्रणालीमा समस्या, कारोबार रोकियो 



गत हप्ता कारोबारको अन्तिम दिन बिहिबार टिएमएसमा समस्या आएर कारोबारमा त्रसित बनेका लगानीकर्ताहरु आज पनि सोही समस्या भोग्न बाध्य भएका छन् । बिहिबार पनि टिएमएसमा समस्या आएपछि नेप्सेले पाँच बजेसम्म कारोबार समय थप गरेकोमा आजपनि पुन कारोबारको पहिलो घण्टामै टिएमएसमा समस्या आएको छ । 
पटक पटकको एउटै समस्याको कारण लगानीकर्ता दिक्दार भएका छन् । गत हप्ताको अन्तिम कारोबार दिन समस्या भोगेका लगानीकर्ताहरु कारोबारको पहिलो दिन पछिलो घण्टामै सोही समस्या भोग्न बाध्य भएका छन् । 

अहिले कारोबार रोकिएको छ । नेप्सेमा यस बारेमा जानकारी लिँदा प्राविधिक समस्या भएको हुन सक्ने र त्यसको लागि काम भइरहेको बताइएको छ । टिएमएसमा समस्या आएपछि अहिलेको लागि कारोबार रोक्का गरिएको जानकारी गराएको छ । 

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ११ : ४१ बजे