Logo

समाचार

“तीन सर्जकका ६ कृति एकै पटक विमोचन”



नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्वकुलपती तथा बरिष्ठ साहित्यकार वैरागी काइँला ज्यूको प्रमुख आतित्थ्यमा दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा बहुआयामिक व्यक्तित्व भुवन शिवाकोटी चौघरेको चार कृतिहरू १० नच्यातिएको आकाश २० प्रणयको गहराइ कविता सङ्ग्रहका ३० एकल शब्दरसंगीत र गायनको आधुनिक गीति एल्बम अतुलनीय प्रित गरें ४० एकल शब्द रसंगीत र गायन तथा अभिनय रहेको राष्ट्रिय गीत “बहुलजातीको मातृभूमी यो भिन्न छ भाषा धर्म भेष” को अडियो भिज्वल, लोकार्पण गरियो ।

सोहि समारोहमा प्रा. गोपिकृष्ण शर्माको महिमा खन्ड काब्य र निर्मलरमण पराजुलीको देश लेख्न हतार छ कविता सङ्ग्रहको विमोचन पनि गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्त ज्युको सभापतित्वमा अति भव्य सभ्य रूपमा यादब भट्टराई ज्यूले कार्यक्र संचालन गर्दै समपन्न भयो । सो कार्यक्रमलाई साहित्यकार ठाकुर शर्माले स्वागत मनतव्य राख्नु भएको थियो ।

लोकार्पण गरिएका पुस्तहरूको संक्षिप्त समीक्षा डा. भागवत ढकाल, डा. लेखराज निरौला, डा. साधन पन्च प्रतीक्षा र डा.राम प्रसाद ज्ञवालीले गर्नु भएको थियो ।

डा. भागवत ढकालले कवि चौघरेका कृति प्रणयको गहिराइ कविता संग्रह आध्यात्म, प्रेम, वियोग लगायत बिषय बस्तुमा शिवाकोटीले ९० कविता संग्रहित गरेका छन् सबै कविता पठनिय रसिला छन् । पढदै जाँदा फरक फरक शैली र बिषयको गहिराइमा प्रकृतिसंग तुलना गरिदै रचिएका कविताको रसमाधुर्यले रसातलमा अज़ै प्रणयको रसातलमा पुर्याउछ ।

एक पटक मात्र हैन पटक पटक पढिरहु लाग्ने छन् भन्नु भयो । त्यस्तै नच्यातिएको आकाश कवितासंग्रह समकालिन नेपाली समयको गतिलो चित्रण हो यसमा ८२ वटा कविता संग्रहित छन। कवि चौघरेको हरेक कवितामा शब्द संयोजन भाव पक्ष सरल छ कविता पढदै गर्दा गहिरो मानविय अनुभुतिमा पुग्न सकिन्छ ।

अतुलनिय प्रित गरें एकल शब्द संगीत र गायन रहेको गीति एल्वममा ५ वटा गीतहरू संग्रहित छन् १० अतुलनिय प्रित गरें २० बिन्ति गरें छोडि नजाउ ३० पिरतीको मोल हुन्छ र ४० मुट दुखाइ नरोउ तिमी ५० म त खुसी होरेको मान्छे रहेका छन् । सबै गीत शिवाकोटीले रचना गरेका लय संगीत भरेका र गाइएका हुन । गीत मर्मस्पर्शी छन् गीतको संगीत संयोजन राम कार्कीले गरेका छन् ।

राष्ट्रिय गीत बहुल जातिको मातृभूमी यो लाई उत्कृष्ट अभिनय र समाबेशी बिषय बस्तुले धेरै माथिको उचाइमा पुर्याएको छ । सबै नेपालीले अपनत्व महशुस गर्ने गीत वास्तब मै राष्ट्रियभावले ओकप्रोत छ । सात प्रदेश शब्दले वर्तमान नेपालको गणतन्त्र र संघियता समाबेशीपनलाई राम्ररी समेटेको पाइन्छ । नेपाली साहित्य संगीत र कला क्षेत्रका आशालाग्दा उदियमान नक्षेत्र चौघरे हुन् ।

भुवन शिवाकोटी द्वारा लिपीबद्द संगीतबद्द आधुनिक गीत र राष्ट्रिय गितले सभा हलको रौनकता बढाएको थियो, राष्ट्रिय गीतको म्युजिक भिडियो कलाकार तथा अतिथीहरूलाई मायाको चिनो प्रदान गर्दै प्रमुख अतिथी वैरागी काइँला ज्यूले नेपाली साहित्यको कविता र गीति बिधामा लोकार्पित कृतिहरू हरदृश्टिले राम्रा र पठनिय रहेको मन्तब्य साथ सभाअध्यक्ष राम प्रसाद पन्तले सभा बिसर्जन गर्नु भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार ०३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।