प्रदेश १ कै एक मात्र महानगर बिराटनगर महानगरपालिकाका प्रमुख हुन भिम पराजुली, शिक्षा र स्वास्थलाई सर्वसुलभ बनाउनुपर्छ भन्ने मान्यता राख्ने पराजुलिले आफ्नो ५ बर्षे कार्यकलमा उपलब्ध सेवा सुबिधा सामाजिक कार्यमा नै लगाउने प्रतिवद्वता गरेका मात्रै छैनन्, आफ्नो पहिलो र दोस्रो बर्षको सेवा सुबिधा सामाजिक क्षेत्रमा लगानी गरि उदाहरणिय पात्र समेत बनेका छन् ।
महानगर प्रमुख निर्वाचित भै सकेपछि उनले पहिलो बर्षको आफ्नो पारिश्रमिक बिराटनगर १ पोखरियामा अवस्थित सयपत्री आधारभुत विद्यालयको भौतिक पुर्वाधार निर्माण र विद्यालयको टिनको छानो परिवर्तनको लागि खर्च गरेका छन ।
त्यस्तै गरि दोस्रो बर्षको सेवा सुबिधा भने बिराटनगर १९ मा अवस्थित जागृती आधारभुत विद्यालयको भौतिक संरचनाको पुनर्निर्माणमा आफ्नो पारिश्रमिक प्रदान गरेका पराजुलीले आफ्नो बिदेश भ्रमण बाट प्राप्त पारिश्रमिक समेत लक्ष्मीनारायण संस्कृत विद्यालयल देखि धुर्मुस ( सुन्तली फाउन्डेसन देखि आगलागी पिडित र नगरका अति बिपन्न नागरिक जसले आफ्नो आफन्तको मृत्यु संस्कार गर्न समेत नसक्ने अवस्था थियो उनिहरुलाइ सहयोग गरेका छन् ।
मेयर पराजुलि धनि वा करोडपती बनेर यो सब कार्य गरेका भने होइनन्, ञञ म मेयर नहुँदा पनि त आफ्नो पेशा वा उद्यम थियो नि हिजो म त्यसबाट आफ्नो जिबिकोपार्जन गर्न सक्थें भने मेयर निर्वाचित भएपछि किन नसक्ने रु झझ उनको प्रतिप्रश्न छ । अनलाइनपाना सँगको कुराकानीमा मेयर पराजुलिले महानगरको मेयरको हैसियतले प्राप्त आफ्नो भत्ता तथा सेवा सुबिधा सामाजिक कार्यमा नै खर्च गर्ने उनको प्रतिबद्धता पनि व्यक्त गरे ।
राजनीति पेशा जस्तो बन्दै गएको बर्तमान परिवेशमा राजनीतिलाई समाजसेवाको क्षेत्र हो भन्ने कुरा बुझाउन पनि आफुले राजनैतिक क्षेत्रबाट हुने लाभलाई सामाजिक काममा नै समर्पित गरेको उनको भनाइ छ ।
जनताको सेवामा सधैं तल्लीन मेयर पराजुली
अनलाइनपानाको प्रधान सम्पादक सहितको हाम्रो टिमले मेयर पराजुलीलाई भेट्ने समय लिंदा हामिलाई बिहान ७स्३० को समय उपलब्ध भयो महानगरपालिकाको कार्यलयमै तर महानगरको निर्मणाधिन सडकको कारण हामी निर्धारित समय भन्दा करिब १० मिनेट ढिला पुग्यौं, त्यतिबेलासम्म मेयर पराजुली एशियाली बिकास बैंकको सहयोगमा निर्माण भैरहेको सडकको अनुगमनमा निस्कीसकेका रहेछन् ।
हामी निर्धारित समयमा नपुगेको कारण । उनको दैनिकी बिहान ५ बजेबाटै सुरु हुने रहेछ । जहाँ निर्माणाधीन सडक वा अन्य बिकास निर्माणका पुर्वाधारको अनुगमन र मर्निङवाक सँगै सुरु हुन्छ मेयर पराजुलिको ।
ञगाउँ गाउँमा सिंहदरवारझ को स्लोगन लिएर निर्वाचित भएका धेरै स्थानीय तहका जनप्रतिनिधि आन्तरिक बिवाद वा आफ्नै सेवा सुबिधामा रुमल्लीरहँदा बिराटनगर महानगरका प्रमुख पराजुलिको सक्रियता लोभलाग्दो छ । साँच्चिकै गाउँमै सिंहदरवार आएको हो जस्तै देखिन्छ महानगरमा, महानगरको छनौटमा परेका योजनाको कार्यप्रगती निकै राम्रो छ ।
प्रदेश र संघीय सरकार सँग समन्वयको कोशिश पनि जारी छ । भलै फरक पार्टी वा बिचार बाट निर्वाचित भएकै आधारमा संघीय र प्रदेश सरकारले बजेट देखि कर्मचारी ब्यबस्थापन जस्ता कुरामा गरेको बिभेदको कुरा बिराटनगरको चियापसलमा समेत चर्चा चलेको कुरा कसैबाट छिपेको छैन ।
फोहोर बाट बिजुली निकाल्न बिदेशी कम्पनी सँग मिलेर काम गर्न ईच्छुक हुँदाहुँदै पनि संघिय सरकारले अनुमती नदिँदा बिराटनगर फोहोर लाई मोहर बनाउन चुकेकोमा मेयर पराजुली निकै दुस्खी छन् । भलै संघीय सरकारका सम्बन्धित बिभागीय मन्त्री देखि प्रधानमन्त्री सम्मलाई ध्यानाकर्षण गराउन कुनै कसर भने बाँकी राखेका छैनन् उनले तर पनि सकारात्मक नतिजा निकाल्न नसक्दाको स्वभावीक दुस्ख उनको अनुहारमा पनि झल्कन्छ ।
बिहान झिसमिसे देखि राती अबेर सम्म महानगरकै काममा खटिनु उनको स्वभावीक बानी नै भै सक्यो त्यो सँगै भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको ब्यबहारिक कार्यान्वयनमा पनि उनी उत्तिकै अग्रसर छन् । महानगरको राजस्व फाँटकै कर्मचारीलाई भ्रष्टाचार गर्दै गर्दा रंगेहात पक्राउ गर्न समेत भ्याएका छन् उनले । त्यो सँगै समयमै काम सम्पन्न नगराउने कैयौं ठेगेदारलाई समेत प्रशासनको सहयोगमा कार्वाही गरेका घटना समेत स्मरणयोग्य काम नै हुन पराजुली नेतृत्वको महानगरका ।
आफ्नो पहिलो कार्यकालमा नै बिराटनगरलाई नमुना महानगरको रुपमा बिकास गर्ने उनको चुनावी प्रतिबद्धतामा आजसम्म पनि उनी ब्यबहारिक रुपमा नै लागीपरेका छन्, निरन्तर रुपमा ।





















प्रतिक्रिया