बैंक अफ काठमाण्डू लिमिटेडले घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै नेपालीहरुको महान चाडपर्वको अवसरमा लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले आफुलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्डबाहक ग्राहकले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल Music System लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
योजनाअनुसार बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन ।
बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।
CG सोरुमहरु
कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर
LG सोरुमहरु
मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर
यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहक महानुभावहरुले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१–४४२७३९८) मा सिधै सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया