काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन एक हजार ७४४ सवारीचालकलाई कारबाही गरेको जनाएको छ । उनीहरूलाई सोमबार ट्राफिक नियम उल्लंघन गरेका कारणमा कारबाही गरिएको बताएको छ ।
ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा “विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ७४४ जना चालकलाई हिजो ट्राफिक प्रहरीले कारबाही गरेको उल्लेख छ । त्यस्तै हिजो सोमबारनै ट्राफिक प्रहरीले जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३३ सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
कारबाहीमा पर्ने सवारी चालकहरूमा मिटरमा गुड्न नमान्ने ट्याक्सी चालक, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जथाभाबी पार्किङ् गर्ने, निशेधित क्षेत्रमा हर्न बजाउने लगायतका रहेका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा भएका ३९ वटा सवारी दुर्घटनामा २८ जना घाइते भएका छन् भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको ।





















प्रतिक्रिया