Logo

साहित्य

दादागिरी अति भयो हामी माथी भारतको : गुरुराज घिमिरे



माछा निल्न पल्किएको लामो चुच्चो सारसको
दादागिरी अति भयो हामी माथी भारतको

कहिले बुद्ध लुट्न खोज्ने कहिले सिमा मेट्न खोज्ने
तीन करोड नेपालीको कहिले गला रेट्न खोज्ने

खुकुरी पो निकालौं कि राख्या कोत गारदको
दादागिरी अति भयोे हामी माथी भारतको

चुनावका राष्ट्रवादी कता गए थाहा छैन
मुखमा दहि जम्यो किन ? कि त बोल्ने चाह छैन

लुटेराको बिरोध गर्न खाँचो पर्छ साहसको
दादागिरी अति भयो हामी माथी भारतको

कालापानी लिपुलेक भारतको नक्साभित्र
सरकारले देखेनौ कि ! मोदीजीको सहि चित्र

भाँच्नु पर्छ लामो चुच्चो माछा निल्ने सारसको
दादागिरी अति भयो हामी माथी भारतको ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार १२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।