टिमको लगातार खराब प्रदर्शन पछि हिजो (मंगलबार) इङलिस क्लब टोटेनह्यामले आफ्ना नियमित प्रशिक्षक माउरिसिओ पोकेटिनोलाई बर्खास्त गरे सँगै टोटेनह्यामको नयाँ प्रशिकक्षकको रुपमा जोसे मोरिन्हिको प्रशिक्षकलाई अनुबन्ध गर्ने अन्तिम तैयारीमा पुगेको खबर सार्वजनिक भएको छ ।
इङलिस क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेडमा समेत प्रशिक्षक भै सकेका मोरिन्हो छुच्चा स्वभावका सफल प्रशिक्षक मानिन्छन् । आफ्ना ५ बर्षदेखिका नियमित प्रशिक्षक पोकेटिनोको बर्खास्ती सँगै मोरिन्हो सँगको बार्ता अन्तिम चरणमा पुगेको र पाँच बर्षे सम्झौताको तयारी भै रहेको बिभिन्न खेल सम्बन्धि एजेन्सीहरुले जनाएका छन् ।
२०१८ मा अर्को इङलिस क्लब म्यान्चेस्टर युनाईटेडले बर्खास्त गरे सँगै मोरिन्हो क्लबविहिन छ्न । युनाइटेड बाट बर्खास्तीमा परे सँगै चीन, स्पेन र पोर्चुगल बाट आएका प्रस्तावहरु मोरिन्होले अस्विकार गर्दै आएका छन् । मोरिन्होले इङलिस क्लब चेल्सी, म्यान्चेस्टर युनाइटेड सहित पोर्टो, रियल म्याड्रीड र इन्टरमिलानमा पनि प्रशिक्षकको भुमिका निर्वाहा गरिसकेका छन् ।





















प्रतिक्रिया