Logo

अन्तर्वार्ता

सञ्चारमन्त्रीले दशैंको बोनसका नाममा ४ अर्व भ्रष्टाचार गरे (भिडियो)



सरकारका प्रवक्ता एंब सूचना तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाल टेलीकमका कर्मचारीको दशैं बोनस पास गर्दा ४ अर्व भ्रष्टाचार गरेको खुलासा भएको छ । अनलाइनपानासंवादमा कुरा गर्दै भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता सिद्धार्थ अधिकारीले उक्त खुलासा गरेका हुन । ‘नेपाल टेलिकमका तल्लो तहका कर्मचारीले मैले जानकारी लिएको हुँ ।’ उनले भने ।

नेपाल टेलिकममा कार्यरत कर्मचारीहरुलाई ४ प्रतिशत दशैं बोनस दिंदा ४ अर्व रकम संचार मन्त्रीले नै कुम्याएको उनको भनाइ छ । त्यस्तै नेपाल टेलिकमलाई ञफोर जिझ अनुमती दिंदा समेत मन्त्री बास्कोटाले १२ अर्व भ्रष्टाचार गरेको उनको दावी छ । संचारमन्त्री नै नेपाल टेलिकम डुबाउने खेलमा लागेको उनको आरोप छ ।

नेपाल टेलिकमले ल्याण्डलाईन फोनको लागि कपरको पुरानो प्रविधिको तारलाई बिस्थापित गर्दै नयाँ प्रविधिको फाइबर तार र सेटअप बक्स ल्याउँदा समेत अर्बौ रकम भ्रष्टाचार भएको समेत दावी गर्न भ्याए ।

मन्त्रीले गरेको भनिएको भ्रष्टाचारको केही प्रमाण छ त ? भन्ने अनलाइनपानाको जिज्ञासामा भने उनले नेपालमा भ्रष्टाचार नहुने ठाउँ नै नरहेको जिकिर गर्दै केही दिनभित्रै तथ्य प्रमाण सार्वजनिक गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार १२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।