Logo

मधेश प्रदेश

अवैध रुपमा भन्सार छलि ल्याएको १ सय ४७ सेट थर्मकोट बरामद



मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब २ लाख रुपैयाँ बराबरको १ सय ४७ सेट थर्मकोट बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा भन्सार छलि ल्याई स्टोक गरी राखेको अवस्थामा जाडोमा लगाउने उक्त थर्मकोट फेला पारी बरामद गरेको हो ।

बरामद थर्मकोट आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।