नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले यति एयरलाइन्स केपी एयरलाइन्समा परिणत भएको बताएका छन् ।
अनलाईनपाना संवादमा अन्तरवार्ताको क्रममा युवा नेता खतिवडाले उक्त कुरा बताएका हुन् । वर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशको सम्पत्तिमाथि ब्रह्मलुट मच्याएको आरोप लगाएको लगाएका हुन् ।
एउटा निजि कम्पनीको फाईदाका लागिा ऐन नै संशोधन गरेर भ्रष्टाचार गरेको आरोप लगाए । देशलाई उल्फाको धन फूपुको श्राद्वु जस्तो गरी देशको साधन र स्रोत माथि सरकारले खुल्ला लुट मच्याएको आरोप लगाएका हुन् । खासगरी ऐन नै संसोधन गरि रानी निकुञ्जको नामले चिनिने नेपाल ट्रस्टको मातहतमा रहेको गोकर्ण फरेष्टको करिब २९०० रोपनी जग्गा यति समूहलाई दिने सरकारको निर्णय सम्बन्धमा उक्त आरोप लगाएका हुन् ।
भ्रष्टाचारको मामलामा अरु मन्त्री पनि कम नरहेको उल्लेख गर्दै सञ्चारमन्त्रीले फोर जि अनुमति दिंदा समेत अनियमितता गरेको उनको भनाई छ । वाईडबडीहोस् वा अन्य सबैतिर भ्रष्टाचारले प्रश्रय पाएको समेत उल्लेख गरे । प्रधानमन्त्री आफैं अस्वस्थ भएपछि डिस्चार्ज भएर अस्पतालबाट फर्किएर आएको पहिलो क्याबिनेट बैठकबाट नै यति समूहको फाइदाको लागि निर्णय गर्नुपर्ने परिस्थिति आउनु देशको लागि घातक रहेको समेत उल्लेख गरे ।
नेपाली कांग्रेस भित्र अहिले चलिरहेको विवादलाई साँढेको जुधाईको संज्ञा दिंदै प्रजातान्त्रिक पार्टी भित्रको विवाद व्यवस्थापन गर्न चाहाना हुने हो भने कांग्रेस भित्रको विवाद त्यति ठूलो नभएको उनको भनाइ छ । पार्टी सभापति र पार्टीका वरिष्ठ नेताहरु व्यक्तिगत स्वार्थ भन्दा पनि देश र पार्टीलाई केन्द्रमा राखेर सोच्ने हो भने बलियो नेता र कमजोर कांग्रेस हुँदा सन्तुष्ट वा असन्तुष्ट दुबै समुहको हितमा नरहेको उनको ठहर छ ।
कांग्रेसका भातृसंगठनलाई भद्रगोल बनाएर पार्टीका नेता र कार्यकर्ता उत्पादनको नर्सरी मानिएका भातृसंगठनलाई भद्रगोल बनाएर पार्टीले सहि काम नगरेको समेत उल्लेख गरे । कुनै समय नेविसंघकै अध्यक्ष रहेका शेरबहादुर देउवा पार्टी सभापति भएर देशको नेतृत्व गरिरहेको स्मरण गराउँदै पार्टीमा दर्जनभन्दा बढी नेताहरू नेविसंघकै नेतृत्वहरु आज पार्टीका शिर्षस्थ पदमा रहेर देशको नेतृत्व गर्ने ठाउँमा आज रहेका नेताहरु कुनै समय भातृसंगठनकै उत्पादन रहेकाले भातृसंगठन पूनर्निर्माण गर्न जोड दिए ।
यतिबेला देश गम्भीर संकटतर्फ धकेलिएको उल्लेख गर्दै प्रधानमन्त्रीको अस्वस्थतासँगै देश नै बन्धक बन्ने परिस्थिति आउँदा देशमा गणतन्त्र ल्याउन र राजाको अगाडि समेत नझुकेको भनिएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्री ओलीको टाङमुनी पुच्छर लुकाएको आरोप समेत लगाउन भ्याए ।
नेकपा भित्रका अन्य नेताहरू पनि ओलीको अगाडि केही सीप नचल्ने दावी गरे । माधव नेपाल देखि ईश्वर पोखेरेलसम्मका नेताहरूको हालत पनि देखिएको दावी गरे । प्रधानमन्त्रीले शक्ति एकीकृत गर्दै आफू विरुद्ध लाग्नेलाई ठेगान लगाउने तयारी गरिरहेको समेत दावी गरे ।
सरकारले ल्याउन लागेका विधेयकको कडा आलोचना गर्दै मिडिया सम्बन्धि विधेयक, मानवअधिकार आयोग सम्बन्धि विधेयक हुन् वा उपकुलपतिको विदेश भ्रमणमा गरिएको व्यवहार नै हेर्ने हो भने पनि त्यो तानाशाही प्रवृत्तिको रहेको उल्लेख गरे । सेना परिचालन वा फोन ट्यापिङ गर्ने तयारीको कुरालाई मात्रै हेर्ने हो भने सरकार तानाशाही बाटोमा लागेको स्पष्ट हुने उनको भनाइ छ ।
देश विषम परिस्थितिमा रहेको बेला कांग्रेसका नेताहरूले प्रस्तुत गरिरहेको व्यवहार भने चित्तबुझ्दो नरहेको टिप्पणी गरे ।
हेर्नुहोस् भिडियो





















प्रतिक्रिया