०००००००००
फुल अनि कली उस्तै उस्तै लाग्छ ।
अप्सरा नक्कली उस्तै उस्तै लाग्छ ।
बेश्या र प्रेमीकामा फरक त होला ।
तर नि अलिअलि उस्तै उस्तै लाग्छ ।।।
०००००००००
यहाँ विज्ञ डान्सबार चलाउछन् ।
गाँडाहरुले सरकार चलाउछन् ।
युवाहरु रोजगारीको अभाबमा ।
गएर उतातिर कतार चलाउछन् ।।
०००००००००
कहाँ पुगिन्छ जिन्दगीमा झगडा बोकेर ।
दिलमा एउटा भयानक अखडा बोकेर ।
जे हुनु थियो भयो किन बिस्मत गर्दैछौ ।
आँखामा आसुहरुको जलघडा बोकेर ।।।
०००००००००
मायाले मेरो बलिदानी मागेको छ ।
उस्ले सबै जानी जानी मागेको छ ।
सबै प्रेमकथा पुराना भएर होलान ।
समयले नवीन कहानी मागेको छ ।।।
०००००००००
जतिखेर समयले फसाउछ जिन्दगीमा ।
हास्दा हास्दै आशु खसाउछ जिन्दगीमा ।
कयौं घातमा नडग्या बिश्वास डग्छ हजुर ।
जब आफ्नैले छुरा धसाउछ जिन्दगीमा !!!















प्रतिक्रिया