भारतको झारखण्डस्थित दुमका जिल्लाको मुफ्फसिल थाना क्षेत्रको एक गाउँमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।
मंगलवार बजारबाट फर्किंदै गर्दा राती करिव ८ बजे उक्त महिलाका पतिलाई बन्धक बनाएर १७ जना व्यक्तिले बलात्कार गरेका थिए । घटनाको जानकारी पाएपछि पुलिसले अनुसन्धान शुरु गरेको बताएको छ । बलात्कारीहरुको समुहले महिलाका श्रीमानलाई यो घटना अरुलाई बताए ज्यान मार्ने धम्की समेत दिएका थिए ।
पुलिसले बलात्कारीहरु मध्येका राम मोहली नाम गरेका आरोपी पक्राउ गरेर अनुसन्धान थालेको छ भने उक्त आरोपीले घटनाको इन्कार गरेका छन् ।


















प्रतिक्रिया