Logo

पत्रपत्रिका

निसास्सिएर मृत्यु भएका आठ भारतीय पर्यटकको पोस्टमार्टम



मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ग्यासहिटरको प्रयोगले सुतेकै अवस्थामा निसास्सिएर मृत्यु भएका आठजना भारतीय पर्यटकको पोस्टमार्टम गरिएको छ । काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार दिउँसो पोस्टमार्टम गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्नेछ ।

आफन्तले शव बुझिसकेको र शव भारत पठाउने तयारी भइरहेको उनले जानकारी दिए । ‘मृतकका एकजना आफन्त काठमाडौंमै बस्ने जानकारी पाएपछि हामीले सम्पर्क गर्यौँ’ उनले भने ‘अब भारतमा रहने आफन्तलाई सम्पर्कमा ल्याएर हवाई सेवामार्फत शव पठाइनेछ ।’ नेपालस्थित भारतीय दूतावाससँग समन्वय गरेर बिहीबार दिउँसोसम्म शव पठाउने तयारी रहेको लम्सालले बताए ।

सामान्य हिटर माग्दा नपाएपछि रिसोर्टले ग्यासहिटर दिएको भ्रमणमा सँगै रहेका राम कुमारले बताए । ‘चिसो अत्यधिक थियो । ग्यासहिटरकै प्रयोग गरेर सुत्नुपर्ने बाध्यताका कारण साथीहरूको अकालमै ज्यान गयो’ उनले भने ।
भारतको केरलाबाट आएका १५ जना पर्यटक पोखरा घुमघाम सकेपछि मंगलबार राति ९ः३० मा दामन आएका थिए । स्तरीय होटेल खोज्ने क्रममा उनीहरू पानोरमा पुगेको थिए । तीमध्ये दुई परिवारका आठजनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।