Logo

गुणस्तरीय सेवा नदिएको भन्दै टेलिकममा तालाबन्दी



गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । जिल्लाका युवा सङ्घ र  नागरिक समाज मिलेर तालाबन्दी गरेको  सङ्घका अध्यक्ष सुवास रोकायाले जानकारी दिए ।

जिल्लामा महिनौँ दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको  रोकायाले बताए। टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीले गुनासो गरेका छन् ।  

टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरीय भएको जिकिर  गरे।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।