Logo

राजनीति

पूर्वप्रधानमन्त्री भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्श’ पुस्तक प्रकाशित



पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्श’ प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएका छन् ।  उक्त पुस्तकमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् ।

भट्टराईले पुराना पार्टी र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामञ्जस्यमा फसिरहेको सन्दर्भमा आफूले यो पुस्तकलाई वैचारिक बहसको थालनीका रूपमा लिएको जनाउनुभएकाे छ ।

पुस्तकको भूमिका डम्बर खतिवडाले लेख्नुभएकाे छ । उहाँले उक्त पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक–वैचारिक परिवेशलाई बुझ्न र विशेषतः उत्तर–गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न अभिप्रेरणा दिने उल्लेख गर्नुभएकाे छ । २७४ पृष्ठको उक्त पुस्तकको मूल्य ४६४ रुपैयाँ राखिएको छ ।

1607572333_brb-book1607574929.jpg

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।