Logo

समाचार

युरोपेली युनियनद्वारा सन् २०३० सम्ममा हरित गृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न सहमत



युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् ।

युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो । युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका थिए । उनले जलवायू परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी मुलुक भएको बताएका छन् । युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, “युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने छ । यसले सन् २०५० मा जलवायू तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ ।” युरोपेली नेताहरुले जलवायू परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए । केही कोइला–निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रुपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो ।

जलवायु परिवर्तन सम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो । युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।