Logo

मन्त्रीमण्डल पुर्नगठन देखि विभिन्न नियुक्तिबारे ओली-प्रचण्डबीच  छलफल



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज साँझ भएको भेटवार्तामा पार्टी स्थायी कमिटी बैठकको समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्नेबारे कुराकानी भएको बुझिएको छ ।

पार्टीको निर्णय कार्यान्वयनका लागि सबै तहमा सर्कुलर जारी गर्ने अध्यक्षद्वयले टुंगो लगाएका छन् । विश्वस्त स्रोतका अनुसार आजको बैठकमा मन्त्रीमण्डल पुर्नगठनबारे छलफल अगाडि बढेको छ । यसअघि दुवै अध्यक्ष बसेर मन्त्रीमण्डल पुर्नगठनको मापदण्डबारे सहमति गरिसकेका छन् । जसमा दुई वर्ष मन्त्री भइसकेकालाई बिदाई दिने तय भएको छ ।

 अब मन्त्रीमण्डलमा जतिसक्दो छिटो पुर्नगठन गर्नेबारे छलफल भएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका अलावा संवैधानिक आयोगहरुमा रिक्त पदहरुका बारे समेत छलफल भएको छ । विश्वस्त स्रोतका अनुसार दुवै नेता प्याकेजमा सहमति निकालेर नियुक्तिका बारे अगाडि बढ्ने निर्णयमा पुगेका छन् ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ९ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।