Logo

अटो

जगदम्बा प्रालिद्वारा चारसय बढी हेल्मेट वितरण



‘हेलमेटले हाम्रो ज्यानको रक्षा गर्छ’ भन्ने नाराकासाथ जगदम्बा सिमेन्ट ईण्डष्ट्रिज प्रालिले सोमबार भैरहवामा मोटरसाइकल चालकहरुलाई निःशुल्क हेल्मेट बितरण गरेको छ ।

जगदम्बा सिमेन्ट ईण्डष्ट्रिज प्रालिका महाप्रवन्धक बिदुर ढुङ्गाना, सिद्धार्थ उद्योग बणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख महेश बस्नेत, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई लगायतले बिना हेल्मेट मोटरसाइकलमा बसेका बालबालिका, महिला तथा पुरुषहरुलाई बुद्ध चोकमा चारसय बढी निःशुल्क हेल्मेट बितरण गरेका हुन ।

त्यसैगरी बिभिन्न संघ सस्थाहरुलाई मेडिकल बक्स समेत बितरण गरेका थिए । शुभश्री जगदम्बा सिमेन्ट ईण्डष्ट्रिज प्रालिकै सहयोगमा निःशुल्क हेल्मेट बितरण् कार्यक्रममा प्रमुख अथिति सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानले शुभकामना मन्तब्य दिंदै बिना हेल्मेट सवारी चलाउंदा विभिन्न किसिमको घटनामा पर्दा टाउको फुटेर ज्यान नै जानसक्ने भएकाले हेलमेट लगाएर आफ्नो ज्यानको रक्षा गर्न आग्रह गरे ।

जगदम्बा सिमेन्ट ईण्डष्ट्रिज प्रालिका महाप्रवन्धक बिदुर ढुङ्गानाले देशभरि यो अभियान संचालन गरिने जानकारी दिए । उनले प्रालीले सामाजिक उत्तरदायित्व अन्र्तगत पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म देशभरि हेल्मेट बितरण गरी जोखिम रहेका मोटरसाईकल चालकलाई हेल्मेट प्रदान गरिने बताए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार १०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।