Logo

अटो

दशैं–तिहारमा यती एयरलाइन्सको ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ योजना, पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर



काठमाडौं।  दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक विशेष चाडपर्व अभियान सार्वजनिक गरेको छ।

अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारस्वरूप ५ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको आकर्षक ‘पुजो ज्याङ्गो १२५’ स्कुटर र साप्ताहिक उपहारमा माउन्टेन फ्लाइट जित्ने अवसर पाउनेछन्।

चाडपर्वको उमङ्ग, पारिवारिक भेटघाट र यात्राको उत्साहलाई पुरस्कारसँग जोड्ने उद्देश्यका साथ यो अभियान असोज २३ गतेदेखि सुरु भइसकेको छ र आगामी कात्तिक ३० गतेसम्म कुल ३९ दिन सञ्चालन हुनेछ।

यात्रुहरूले वर्षौंदेखि देखाउँदै आएको विश्वास र मायाप्रति आभार प्रकट गर्दै चाडपर्वको यात्रालाई अझ स्मरणीय बनाउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

अभियान अवधिभर यती एयरलाइन्सको टिकट काटेर यात्रा पूरा गर्ने यात्रुहरू स्वतः ‘लक्की ड्र’ मा सहभागी हुनेछन्। यसका लागि छुट्टै फारम भर्न वा दर्ता गर्नुपर्ने छैन, यद्यपि रद्द गरिएका वा प्रयोग नभएका टिकटहरू भने लक्की ड्रमा समावेश हुनेछैनन्।

यस योजनाका विजेताहरूको घोषणा आगामी डिसेम्बर १, २०२६ मा यती एयरलाइन्सको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) मार्फत गरिनेछ। चाडपर्वको बेला गन्तव्यसम्मको सहज यात्रासँगै आकर्षक उपहार जित्ने अवसरले यात्रुहरूमा थप उत्साह थप्ने कम्पनीको विश्वास छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार २०:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।