Logo

पत्रपत्रिका

अख्तियारको निगरानीमा गोकुल बास्कोटा



सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ।

७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बास्कोटाले राजीनामा दिएका थिए। यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा ध्यानमा राख्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको स्रोतले बताएको छ।

बास्कोटासँग छिट्टै अख्तियारले बयान लिने तयारी गरिरहेको पनि बुझिएको छ। बास्कोटाले राजीनामा दिएपछि उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिइसकेको छ। साथै सम्बन्धित निकायसँग सम्पूर्ण विवरण मगाइएको छ।

प्रेस खरिद प्रक्रियामा बास्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडिओ बुधबार सार्वजनिक भएको थियो। अडिओ सार्वजनिक भएको भोलिपल्ट बिहीबार बाकोटाले राजीनामा दिएका हुन्। यो समाचार आज प्रकाशित अन्नपूर्ण पोष्टमा छापिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १०:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।