Logo

अर्थ

नेपालको चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच समझदारी पत्रमा हस्ताक्षर



नेपाल चेम्बर अफ कमर्स (NCC) र टर्कीस एयरलाइन्स (TK) बीच आपसी समर्थन, लाभ र सहयोग को पहिचान स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सराहना भएको छ ।

यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँछ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीचमा हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रधान गर्ने सहमती भएको छ । टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म छुट दिने भएको छ ।

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू हुने छैन् । यस समझदारी पत्रले कुनै कुरा थप, परिवर्तन र संशोधन सुझाव दिन अधिकार सुरक्षित राख्छ । यस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेश काजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच बिध्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीस बीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताउनु भयो । उहाँले नेपाल चेम्बर अफ कमर्स र टर्कीस चेम्बर अफ कमर्स बीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताउनु भयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।