Logo

बैंकिङ

कृषि बैंकद्धारा १५ दशमलव ७८ प्रतिशत लाभांश दिने



कृषि विकास बैंकले लगानीकर्तालाई कुल १५ दशमलव ७८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमवार सम्पन्न संचालक समितिको बैठकले बैंकले गत आर्थिक वर्षको नाफाबाट  १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, बैंकले सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।संचालक समितिद्धारा प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ११:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।