Logo

बैंकिङ

प्रभु क्यापिटलको भारी अफरः डिम्याट खाता खोल्न कुनै शुल्क नलाग्ने 



प्रभु क्यापिटलले आगामी पुस मसान्तभित्र सम्म डिम्याट खाता खोल्ने सबै सेवाग्राहीहरुलाई निःशुल्क डिम्याट खाता सुविधा प्रदान गर्ने जनाएको छ । कम्पनीले एक वर्षसम्म डिम्याट खाताको शुल्क नलाग्ने नयाँ स्कीम यही मंसिर २४ गतेबाट सुरु भएको जनाएको छ ।
यसअघि तीन वर्षे निःशुल्क डिम्याट खाता अभियान सञ्चालन गर्दा सेवाग्राहीहरुको उत्साहप्रद सहभागितासँगै यस पटक पुस मसान्तभित्र खाता खोल्ने सबैलाई एक वर्षसम्म शुल्न नलाग्ने व्यवस्था गरिएको जनाएको छ ।
प्रभु क्यापिटलले ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसेर अनलाइनबाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालयमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि २०७७ पौष मसान्तभित्र खाता खोल्दा एक वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा समेत निःशुल्क प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।