एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित दोश्रो वार्षिक साधारण सभाको मिति तय गरेको हो। कम्पनीको मंसिर २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाकाने निर्णय गरेको हो । उक्त सभा कम्पनीको कार्यालय सानेपाबाट बिहान ११ बजेदेखि जुमको माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा आइपिओ निष्काशनको साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू रहेका छन् ।





















प्रतिक्रिया