Logo

समाचार

अज्ञात बन्दुकधारीद्वारा विद्यालयमा आक्रमण, ३०० विद्यार्थी बेपत्ता



नाइजेरियाको लागोसमा अज्ञात बन्दुकधारीहरुले विद्यालयमा गरेको आक्रमणका कारण शुक्रबार र आइतबार गरि त्यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ ।

उक्त हमला नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा भएको हो । लागोस राज्यका गभर्नर अमिनु मासारीले यस बारेमा जानकारी दिएका छन् । उनले शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण उक्त विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताएका छन् । सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत छन् । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने पाराम्भिक अनुमान गरिएको छ । ती बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन सरकार समक्ष आग्रह गरेका छन् ।

नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन् । सल्लाहकार मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गरेको समाचारमा जनाईएको छ । उता गभर्नर मासुरीले राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह गरेका छन् । पछिल्लो समयमा विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने बताए ।

नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् । तर यो पछिल्लो पटक भएको अपहरणको घटनाको बारेमा भने उनीहरुले केही बताएका छैनन् । सरकारले भने सो समूहले ती बालबालिका अपहरण गरेको हुनसक्ने जानकारी गराएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।