कुमारी बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र भण्डारीलाई एक वर्षमा २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब, भत्ता भुक्तानी गरेको छ।
याये अघिल्लो बर्षको तुलनामा २४ लाख रुपैयाँले बढी हो । उनले अघिल्लो बर्ष २ करोड १४ लाख रुपैयाँ तलब सुविधा बुझेका थिए।
बैंकले सोमबार वार्षिक साधारणसभाबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा अनुसार सिईओ भण्डारीलाई तलबवापत एक करोड ७ लाख ४७ हजार, भत्ता ४५ लाख ६७ हजार, दसैं भत्ता १३ लाख ९ हजार, बिदा वापत (वार्षिक र सञ्चिति) ८ लाख ९५ हजार र अन्य सुविधावापत ६३ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको उल्लेख छ।
बैंकले ब्यवस्थापकहरुलाई एक वर्षमा १० करोड ४४ लाख ८६ हजार रुपैयाँ भुक्तानी गरेको छ। यो सुविधा सहायक महाप्रबन्धक तहसम्मको हो। यसमा गत आर्थिक वर्ष बैंक छाडेर गएका तथा नयाँ भर्ती भइ आएका कर्मचारीहरुले आफ्नो कार्यकालमा प्राप्त गरेको तलब तथा भत्तासमेत समावेश छ।
साथै बैंकको वार्षिक साधारणसभाले १०.८५ प्रतिशतका दरले बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश पारित गरेको छ। बैंकले गत वर्ष एक अर्ब १५ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ छ।




















प्रतिक्रिया