Logo

प्रवास

विश्वका ८ वटा देशका नागरिकलाई आजदेखि नेपाल प्रवेश गर्न रोक



अध्यागमन विभागले कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई आजदेखि नेपाल प्रवेश गर्न ‘अन अराइभल’ भिसा बन्द गरेको हो । अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई अन अराइभल भिसा बन्द गरेको हो ।

नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन अराइभल भिसा नदिइने प्रावधान लागु गरिएको हो ।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनराष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै ’अनअराइभल’ भिसा दिँदै आएको थियो ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको हो । सङ्क्रमण अहिलेसम्म विश्वका १ सय ९ वटा मुलुकमा देखिइसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।