Logo

कर्पोरेट फोकस

कोरोना  बिमा समितिले परिर्वतन गर्यो मापदण्ड (परिर्वतन गरिएको कोराना बीमा मापदण्ड, २०७७ सहित ) 



सोमबारदेखी कोरोना बिमा गरेका बिमितले कोरोना पोजेटिभ देखिएमा अधिकतम २५ हजारमात्रै पाउने भएका छन । बीमा समितिले आइतबार सांझ जारी गरेको कोरोना बीमाको मापदण्डमा परिवर्तन गरेर यस्तो व्यवस्था बनाएको हो । बाँकी ७५ हजार अस्पतालको बिलको आधारमा पाइने भएको छ ।  

बीमा समितिले सोमबारदेखी कोरोना बीमाको पोलिसि लिनेले कोराना पोजेटिभ देखिएमा २५ हजारमात्रै पाउने निर्णय गरेको छ । यस अघि परेका दावीमा भने कुनै परिवर्तन नहुने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए ।

त्यसैगरी अवदेखी सिंगल व्यक्तिको कोरोना बिमा पनि हुँदैन । एकल व्यत्तिको कोरोना बिमालेख जारी नहुने पनि मापदण्डमा उल्लेख छ । त्यसैगरी बीमा समितिले सरकारले मान्यता दिएका निजी अस्पताललको रिपोर्टलाई समेत मान्याता दिने भएको छ । अव निजी अस्पतालका सक्कली कोरोना पोजेटिभ रिपोर्टभएमा दावी दिनुपर्नेछ ।

त्यसैगरी कोरोनाको संक्रमित भइ बीमित अस्पताल बसेमा ७५ प्रतिसत औषधि उपचार खर्च दिने मापदण्डमा उल्लेख छ । निर्जीवन बिमा कम्पनीहरुले उठाउँदै आएको स्वास्थ्य बीमाको मोडलमा कोरोना बीमाको मापदण्ड आएको हो ।

 

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  १ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।