लक्ष्मी बैंक लिमिटेडले लगानीकर्तालाई कुल ११ दशमलव ५ प्रतिशत लभांश दिने भएको छ । बैंकको मंसिर सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी सोही लाभांश दिन लागेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
३० मंसिर २०७७, मंगलवार ११:५२
0
Shares



















प्रतिक्रिया