Logo

बैंकिङ

बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को बिक्रि बन्द 



बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताको लागि मिति २०७७ मंसिर २४ गते देखी “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेकोमा मिति सोमबार देखि बन्द भएको छ । 

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको जहो । यस बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ताहरुकोे सहभागिताले यस बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको बैंकले जनाएको छ । साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो । 

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १५:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।