Logo

बैंकिङ

एन्फ्राष्ट्रचर बैंकको डपुटी सिईओमा पाण्डे नियुक्त 



देशकै सबैभन्दा ठूलो वित्तीय संस्था नेपाल पूर्वाधार बैंकको निमित्त सिईओमा डेपुटी सिईओ भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकका सिईओ अनिल ज्ञवालीको कार्यकाल सकियसँगै नयाँ सिईओ नआउदासम्मको लागि निमित्त सिईओको रुपमा नियुक्त गरिएको हुन्छ । बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहले हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको सो बैंकले जनाएको छ । 

पाण्डेले बैंक तथा बीमा कम्पनीमा गरी १९ वर्ष काम गरेर अनुभव बटुलिसकेका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक भएर समेत काम गरिसकेका बीमाबारे जानकार व्यक्ति हुन् ।

प्रकाशित मिति : मंसिर ३०, २०७७ बुधबार  १ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।