Logo

बैंकिङ

आजदेखि एनआईबिएल क्यापिटलमा डिम्याट खाता निःशूल्क खोल्न सकिने 



नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति आजदेखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । 
यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै  मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. को देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिनेछ । 

यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आप्mनो् प्रतिकृया तथा सुझाव दिई सेवाप्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आप्mनो ग्राहकवर्गहरुलाई भरपर्दाे सेवाहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
थप जानकारीका लागि कार्यलयको आधिकारीक वेवसाइट धधध।लष्दअिबउष्तब।िअयm। मा जानुहोस् ।

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  ४ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।