Logo

अचम्म

बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल



उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका छन् ।

अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।

यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।एजेन्सी ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार १८:३२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।