Logo

अचम्म

किन आउँछ आँसुबाट जान्नुहोस्



मानिसको आँखा प्राय रसाइरहन्छ । मानिसको मात्र होइन पशुपंक्षीको पनि आँखामा आँसु देखिन्छ ।कुनै बेला चित्त दुखेका बेला आउँने आँसु खुसी भएका बेला पनि आउँछ । कस्तो अवस्थामा आउँछ भन्ने बारे तपाईले थाहा पाउनुपर्छ ।

आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ। आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ। ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ। आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ।

यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ। त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ।

आँसुमा हुने पदार्थ जस्तै–नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ। जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ।विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ। यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ।

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  ८ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।