नेपाल बैंकले लगानीकर्तालाई कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सोही निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रहेको छ । सञ्चालक समितिले प्रस्तााव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।






















प्रतिक्रिया