सुन्दर बगैंचामा म उदाए
हास्दै नाच्दै यसैमा रमाए
लगाई निधारमा टिका माटोको
गिता रामायण वेद समाए
न लोभ मेरो न पाप मनमा
न लानु छ केहि न मास्नु छ जगमा
म खुशी छु यहाँ प्रकृति बसमा
भक्त्ति छ मेरो यिनैको रसमा
लाग्दै छु यिनकै सत्कर्म र योगमा
बुझ्दिन मान्छे किन छन् भोगमा
स्रोत तिमी हौ आमा प्रेरणाकि
सम्पुर्ण जगतको दया र करुणाकि
म देख्दैछु तिमीमा राम राम मन
लाग्दै छु नित्य बनि सेवक सज्जन ।।















प्रतिक्रिया