Logo

साहित्य

नेपाल आमा



देशभक्तभइ इमान्दारितामा रमाउने ।
चाहना येस्तै हो मेरो, नेपाल आमा सजाउने।।

सुन्दर फुलबारी यी मेरी, नाना थरी फुल फुलाउने ।
काखमा सबैलाई राखी, रस यिनले चुसाउने ।।

सुन्दैछु आमा माथीनै, लात हान्ने अधर्मीको ।
कसरी सुनाउ यो बेथा, यस्तै यस्तै कुकर्मिको ।।

घेरा देख्छु चारैतिर, कुटिल र कुमार्गिको ।
राज नेता खोजी राछु , भक्त हु म सुमार्गिको।।

फटाहा र छट्टुहरु , नेता बन्छ्न कसो गरि ।
दिदै छन जनतालाई पिडा, अथाह र नाना थरी ।।

देशको मुल आधार , जनता हुन जनार्दन ।
छुट्याउनु छ सबैमिलि,नक्कली र सक्कली मन।।

डा दयाराम भुसाल
बैशाख १७ , २०७७

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार ११:५३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।