Logo

मधेश प्रदेश

फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो



फेरि थपिए ९ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा काेराेना संक्रमितको संख्या ३०४ पुग्यो पुगेकाे छ ।  रौतहटका ८ जना र बाराका १ जनामा कोरोना पुष्टि भएको हो।

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।