Logo

साहित्य

गजल : क्रोधपुर्ण बतास चल्छ हजुर



क्रोधपुर्ण बतास चल्छ हजुर ।
कन्चटमा आगो बल्छ हजुर ।

शत्रुले सिमाना मिच्या देख्दा,
सपनाको पहाड ढल्छ हजुर।

अरुलाइ पोल्छ-पोल्दैन खोइ,
मेरो त यो छाती जल्छ हजुर।

यो मातृभुमिमा अरुकै रजाइ,
सम्झदै हातखुट्टा गल्छ हजुर।

साथ दिने त बरु पराइ हुन्छ्न,
छिमेकीलेनै यहाँ छल्छ हजुर।

बाहिर मौसम हुरि र झरि छ !
मनभित्र कुरा अनेक थरि छ !

प्रश्न सोधि सताइरहेछ मनले
मौन छु, पानी आँखाभरि छ !

सामर्थ्य छैन बोल्न शब्दहरु
पिडा बोलिदिन त्यही चरि छ !

छोडि जाने मान्छेले नलिइ गए
र त ती,यादहरु यतै वरिपरि छ !

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ८ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।