Logo

मनोरञ्जन

जिब्रो चिप्लियो भन्दै बर्षा राउतले मागिन् माफि (भिडियो)



लिम्पियाधुरासहितका सीमा विवादका सन्दर्भमा अभिनेत्री बर्षा राउतले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले माफी मागेकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्,‘‘कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्तर्वार्तामा लिएर जुन हो–हल्ला गरियो । यसले मलाई भावनात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनैकुरामा चुकेँ होला । बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन । अलिकति पनि तलमाथि परेकी छैन।’

उनले नेपाल र भारतका पत्रकारका प्रस्तुतीका कारण सम्बन्ध विग्रिएको, आफ्ना भारतीय साथीसँग कसरी कुरा गर्ने लगायतका टिप्पणी गरेकी थिइन् ।

वर्षाले दुई छिमेकीको प्रगाढ सम्बन्धको समर्थन गर्नुपर्ने भन्दै हाम्रो रोटी र बेटीको सम्बन्धको पनि समर्थन गर्न आवश्यक रहेको खुलाएकी छिन् ।

आफूले बोलो केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला भन्दै उनले लेखेकी छिन्, ‘मैले बोलका शब्दहरूको टेढिएर अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकोमा म क्षमाप्रार्थी छु । अब आइन्दा यसरी बोल्दा पक्कै पनि हेक्का राख्नेछु । जय नेपाल, जय नेपाली ।’

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १४:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।