Logo

बैंकिङ

राष्ट्र बैंकले माग्यो ५० कर्मचारी, कुन पदमा कति संख्या  विवरण सहित 



बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारीको माग गरेको छ । बैंकले सहायक द्धितिय र अधिकृतस्तर तृतिय तहमा नयाँ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट भर्ना गर्न लागेको हो । 

राष्ट्र बैंकले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको छ ।

राष्ट्र बैंकको जनशक्ति विभागले आज कूल ५० जनाको आवेदन खुलाएको छ । विभागका अनुसार सहायक द्धितीय अन्तर्गत प्रशासनको लागि १० जना आवेदन माग गरिएको छ । जसमा ६ पद खुल्ला छ भने १ जना महिला,२ जना आदिवासी र १ जना मधेशीको लागि आरक्षण गरिएको छ । सहायक द्धितीय कानून अन्तर्गत २ पदको आवेदन मागिएको छ । जसमा १ जना खुल्ला र १ जना महिला सिट आरक्षण गरिएको छ । सहायक पदका लागि प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतिय प्रशासन तर्फ ३१ जनाको आवेदन माग गरेको छ । जसमा १७ जना खुल्ला,५ जना महिला,४ जना आदिवासी जनजाती,२ जना मधेशी,१ जना दलित र २ जना पिछडिएको क्षेत्रको लागि आरक्षण गरिएको छ भने सहायक निर्देशक अधिकृत तृतिय लेखामा ५ जना आवेदन माग गरिएको छ । जसमा ४ जना खुल्ला मागिएको छ भने १ सिट अपांग भएको व्यक्तिलाई आरक्षणको लागि छुटइएको छ ।

सहायक निर्देशक कानूनको लागि २ जना आवेदन माग गरिएको छ । जसमा १ जना खुल्ला र १ जना आदिवासी जनजातीको लागि आरक्षण गरिएको छ । सहायक निर्देशकका लागि सम्बन्धित विधामा स्नातकोत्तर गरेको हुनुपर्ने आज प्रकाशित विज्ञापनमा उल्लेख छ ।
सबै पदमा नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत अनलाइन मार्फत आवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । पुस २३ सम्म तोकिएको दस्तुर माघ १ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

nrb-vacancy.jpg

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १०:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।