ज्योति विकास बैंकले सेयरधनिलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको पुस २ गतेको सम्पन्न बैठकले आर्थिक वर्ष २०७६७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको हालको चुक्तापूँजी ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।


















प्रतिक्रिया