आर्थिक वर्षको १० महिनामा कुल ब्यापार घाटा १४.२ प्रतिशतले घटी भई रु.९ खर्ब ४३ अर्ब ७ करोड कायम भएकोछ । गत वर्षको सोही अवधिमा घाटा १९.७ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.७ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको १० महिनामा बैदेशिक आयात १३.० प्रतिशतले घटेर रु.१० खर्ब २५ अर्ब १४ करोड रुपैयाँ आयात कम भएको नेपाल राष्ट्र बैंकले जानकारि गराएको छ । यता चालुआर्थिक वर्षको १० महिना भित्र कुल वस्तु निर्यात भने ४.५ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब ६ करोड पुगेको छ ।
गत वर्ष यसै समयमा यस्तो आयात १९.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.५ प्रतिशत, ७.६ प्रतिशत, र २.९ प्रतिशतले घटेकोे हो । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ, भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट,सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८.६ प्रतिशत र १४.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एम.एस. पाइप, लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै, जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले बताएको छ ।





















प्रतिक्रिया